Connect with us
Kapilvast Forest

सभापतिको उम्मेदवार छान्न पौडेल पक्षले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राख्नु भएको छ ।सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो। सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राख्नु भएको हो ।

पूर्वमहामन्त्री सिंह निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ।सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी हुनुन्छ । प्रकाशमानले त आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट सुरु भएको छ ।

केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र सम्भव भएसम्म महाधिवेशन प्रतिनिधिका सुझाव लिएर सर्वसम्मत रूपमा सभापति तय गरिने पौडेलनिकट एक नेताले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu