Connect with us
Kapilvast Forest

नेपाल आइडल आजदेखि

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं- एपीवान टेलिभिजनमा नेपाल आइडलको चौथो संस्करण आज (बिहीबार)देखि प्रशारण हुँदैछ। एपीवानमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो। देशका कुना कन्दरामा लुकेका प्रतिभाहरूलाई स्तरीय सांगीतिक मञ्च प्रदान गर्दै आएको नेपाल आइडलले नेपालभित्र मात्रै नभई विश्वभर छरिएर रहेका नेपाली भाषीको माया पाएको छ।

 

नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले अरू रियालिटी शोभन्दा नेपाल आइडल फरक रहेको र संसारको १ सय ५१ देशमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो आइडल सञ्चालन भइरहेको जानकारी दिए।

‘नेपाल आइडल अरू फ्रेन्चाइज शोभन्दा नितान्त फरक छ। आफूलाई गाउन मन लागेका व्यक्तिहरू यो शोमा सहभागी हुन सक्छन्’, पौडेलले भने, ‘यो शो आउनुअघि नेपालमा कुनै पनि रियालिटी शो आएका थिएनन्। हामीलाई पछ्याउँदै अरू शोहरू आएका हुन्।’ पौडेलले नेपाल आइडल सबै नेपालीको मनमा बस्न सफल भएको बताउँदै यसपटकको कार्यक्रमले अझ बढी दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। ‘नेपाल आइडल नेपाली संगीतमा उदाउन चाहने हजारौं संगीतप्रेमीका लागि प्रतिभा देखाउने मञ्च हो। यसलाई परिस्कृत र प्राविधिक रूपमा उत्कृष्ट बनाउन हामीले ठूलो मेहनत गरेका छौं’, पौडेलले भने।

नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ।

चौथो सिजनमा देशभरका करिब पाँच हजार प्रतिस्पर्धी सहभागी भएका थिए। कोभिड–१९ का कारण यसपटक काठमाडौं, पोखरा, विराटनगर र नेपालगन्जमा जज अडिसन सञ्चालन गरिएको थियो। तर, डिजिटल अडिसनमार्फत देशभरकै प्रतियोगीलाई नेपाल आइडलले समेटेको पौडेलले जानकारी दिए। नेपाल आइडललाई लोकप्रिय पेय पदार्थ कोकाकोलाले मुख्य प्रायोजन गरेको छ। कोकाकोला तेस्रो संस्करणको पनि मुख्य प्रायोजन थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu