Connect with us
Kapilvast Forest

नेकपा एकीकृत समाजवादीको जिल्ला भेला सम्पन्न

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

 कपिलवस्तु -नेकपा एकीकृत समाजवादीको जिल्ला भेला कपिलवस्तुको खरेन्द्रपुर सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेताहरुले अबको निर्वाचनमा एकीकृत समाजवादी पहिलो दल बन्ने दाबी गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासले दुई तिहाइको सरकार गुमाएर अहिले एक्ला एक्लै हुने परिस्थिति केपी ओलीको कारण भएको जिकिर गरे । ‘देशमा बेरोजगारीको समस्या छ,युवाहरूलाई देशमा कसरी रोक्न सकिन्छ,भन्ने तर्फ ध्यान जाने बेलामा संविधान नष्ट गर्न तर्फ ध्यान गयो,भागवतले भने समाजवादीलाई विश्वास गरेर यो पाटी लाग्नुस् अव को निर्वाचनमा हाम्रो जित हुन्छ ।
नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता मेटमणि चौधरीले भने अधिकांश समय ओली प्रति आक्रोश भए । सम्बोधन गर्ने क्रममा चौधरीले एमालेका कार्यकर्तालाई ओलीका दाश रहेको टिप्पणी गरे ।
केही दाशहरूले हामीलाई एमाले बाट चोइटिएको भनेका छन् तर हामी विद्रोह गरेका हौ चौधरीले भने ओलीमा मुलुकको नेतृत्व गर्न सक्ने क्षमता नै छैन । पुरानो पार्टीले जित्छ भन्ने समाजमा केही तत्त्वहरूले भ्रम फैलाएको आरोप लगाए ।
नेपाली काँग्रेसको अहिलेको अवस्था र नेकपा माओवादीको २०६४को निर्वाचनको अवस्थाको उदाहरण दिँदै अबको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पहिलो दल बन्नेमा कुनै शङ्का नरहेको बताए ।
चौधरीले अबको निर्वाचनमा एमाले शून्य सिट ल्याउने बताउँदै समानुपातिकमा चित्त बुझाउने दिन छिटै देख्न पाइने बताए । मुलुकका सबै प्रदेश जिल्ला स्थानीय तहमा आफ्नो पार्टी विस्तार भएको बताउँदै नेकपा एकीकृत समाजवादीले देश र जनताको रक्षा गर्ने दाबी गरे । भेलामा केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्री,मिना परियार,निर्वाचन आयोग केन्द्रीय सदस्य अहमद अब्दुल रउफ,प्रदेश कमिटी सदस्य लीला खनाल,जीवलाल पौडेल,मोहन रिजाल,एमडी हसन लगायतको सहभागिता रहेको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu