Connect with us
Kapilvast Forest

एमसीसीका कारणले गठबन्धन टुट्दैन : कांग्रेस नेता लेखक

२०७८, ४ पुष आईतवारमा प्रकाशित

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)का कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने बताउनु भएको छ ।

‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले भन्नु भयो । सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताउनु भएको छ ।

कांग्रेस नेता लेखकले पाँच दलीय सत्ता गठबन्धनमा चुनौतीहरु आए छलफलबाट व्यवस्थापन गरिनुपर्ने पनि उल्लेख गर्नु भयो । सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, भत्किनु पनि हुँदैन उहाँले भन्नु भयो । केही चुनौतीहरु भए पनि त्यसलाई सामना गरेर छलफल सरसल्लाहबाट व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ ।’

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल पनि भएको थियो । बैठकले एमसीसी अगाडि बढाउने वा नबढाउने विषयमा ठोस निष्कर्ष निकाल्न सकेन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu