Connect with us
Kapilvast Forest

गुन्डा नाइके’ गणेश लामा पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

२०७८, ५ पुष सोमबारमा प्रकाशित

काठमाडौँ — ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

 

लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका नेता हुनुन्छ । उहाँ तत्कालीन फोरमको केन्द्रीय सदस्य हुनुन्थ्इो ।

कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं। १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उहाँमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ ।पटक–पटक हिरासत बसेका उहाँलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणले समेत मुद्दा लगाएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu