माधव नेपाललाई देख्यो कि कार्यक्रममा जानै छोडे ओली : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमा रहेको बताउनु भएको छ । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको ।
‘ संविधानको धारा ७६९५० मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नु भयो ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ। योभन्दा अराजनीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको बताउनु भयो । उहाँले भन्ननु भयो ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाउनु भएको छ, गठबन्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं।’