Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीका पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

२०७८, ५ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भन्नु भयो ।

सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गर्नु भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu