Connect with us
Kapilvast Forest

बाणगंगाकी एक युवतीको दुवै मृगौला फेल :आर्थिक सहयोगका लागी अपिल

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु-जिल्लाको बाणगंगा नगरपालिकाभित्रकी एक २० बर्षीय युवतीको दुवै मृगौला फेल भएपछि आर्थिक सहयोगका लागी अपिल गरिएको छ ।

बाणगंगा २ निवासी माधव पौडेल र पुष्पा पौडेलकी छोरी सुरक्षा पौडेलको दुवै मृगौला फेल भएपछि सहयोगका लागी अपिल गरिएको हो । पौडेलको दुवै मृगौला फेल भएको र मृगौला फेर्नको लागी ठूलो रकमको आवश्यकता पर्ने भएकाले सहयोगको लागी अपिल गरिएको वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले बताए ।

मृगौला फेर्नको लागी ठूलो रकम लाग्ने र सो रकम जुटाउन आफ्नो घरको अर्थिक अवस्थाले नसक्ने बुवा माधव पौडेलले बताए । पौडेललाई आर्थिक सहयोग गर्न सम्पुर्ण संघ संस्था, राजनितिक दल, कार्यकर्ता एवं समाजसेवी, धर्मप्रमी आमा, बुवा, दाजु भाई दिदि बहिनीहरुलाई आग्रह गरिएको वडाध्यक्ष पौडेलले बताए । सहयोग गर्न चाहनेले साइन रेसुङ्ग बैंक जितपुर शाखाको खाता नं.०१६००७००२१२६७७०००००१ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu