नेकपाले मनायो १२९औं माओ दिवस
राम अवतार चाैधरी ,कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टीले १२९औं माओ दिवस एक कार्यक्रमकाे आयाेजना गरी मनाएकाे छ । नेकपाकाे गृह जिल्ला कपिलवस्तुको शिवगढीमा आइतबार एक कार्यक्रमकाे आयाेजना गरी मनाइएको बताइएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले दलाल पुँजीवादी तथा फासिवादी राज्यद्वारा लामो समय जेलमा बन्दीलाई निशर्त रिहा भएका दुर्गा बहादुर रोकालाई सम्मान एवम् अभिनन्दन समेत गरे । माओले सैन्य कार्यदिशा र राजनीतिक कार्यदिशा संश्लेषण गरेकाे उनले बताए ।
१९३८ मा ‘दीर्घकालीन युद्ध’, ‘युद्ध र रणनीतिका समस्याहरू’ लेखेर सर्वहारा वर्गको सैन्य कार्यदिशा स्पष्ट पारेको महासचिव चन्दकाे भनाई छ । उनले भने ; “सुरुमा दुस्मन बलियो हुन्छ र हामी कमजोर हुन्छौँ । त्यसकारण हाम्रो नीति रणनीतिक रक्षा हुन्छ । जब दुस्मन र हामी बराबरी अवस्थामा पुग्छौँ तब हाम्रो नीति रणनीतिक सन्तुलन हुन्छ । जब दुस्मन कमजोर हुन्छ र हामी बलियो हुन्छौँ तब हाम्रो कार्यनीति रणनीतिक आक्रमण हुन्छ ।
यसरी दीर्घकालीन युद्ध विजयी भएर नयाँ जनवादी क्रान्ति पूरा हुन्छ ।” विप्लवले १९४० मा माओले बल्ल नयाँ जनवादी राजनीतिक कार्यदिशा स्पष्ट परेको बताए । नेपाली र विश्वका श्रमजीवी तथा उत्पीडित जनतालाई साक्षी राखेर नेपालमा हामी एकीकृत जनक्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने प्रतिबद्धता समेत चन्दले गरे ।
१२९औँ माओ दिवसका सन्दर्भमा हामी महान् मालेमावादको विकास गर्ने र लालझन्डा बोकेर लालझन्डाकै बदनाम गर्ने गद्दारहरूको जरा उखेल्ने बताए । यसैबीच दुर्गा बहादुर रोकाले कार्यक्रममा बोल्दै नेकपामाथि प्रतिबन्ध लगाउनु ७ दिनअगाडि प्रहरीले २०७५ साल फागुन २३ गते कपिलवस्तुको शिवगढीबाट प्रहरीले नेकपाको कार्यकर्ता भएकै आरोपमा गिरफ्तार गरेकाे बताए ।
उनले भने ; “मलाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरी चरम यातना मात्रै दिएन”, गोपनीयता नखुलाएको भन्दै चन्द्रौटा वडा प्रहरी चौकीको ट्वाइलेटमा लगि खुट्टामा गोलीसमेत हानेको बताए । शिवगढीमा सरकारले गरेको दमन र त्यसप्रकारको निर्मम घटनाप्रति सर्वत्र विरोध भएको उनले बताए । राेकाले भने प्रहरीले ‘हतियार भएको विशेष सूचना’ भन्दै अप्रेसन गरिएको दाबी गरे पनि सरकारले आधिकारिक सूचना अहिले सम्म बाहिर ल्याएको छैन् ।
उनले बन्दी जीवन स्मरण गर्दै गिरफ्तार पछि अदालतले दुई वर्ष ६ महिना कैद र चार हजार छ सय रुपैयाँ जरिबाना फैसला गरेको राेकाले बताए । तौलिहवा कारागार भित्र म लगायत नेकपाका तत्कालीन लुम्बिनी ब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज सङ्गम, नवीन थारू र गणेश चौधरीलाई भेट्न नेकपाका महासचिव विप्लव, केन्द्रीय सदस्य कृतिलगायत नेता २०७७ चैत ३ गते तौलिहवा कारागार गए पछि तीन वर्षपछि रिहा भएको राेकाले जानकारी दिए । उक्त कार्यक्रमका नेकपा केन्द्रिय सदस्य विजय, नेकपा केन्द्रिय सदस्य सुशील ओली (सुशील), नेकपा केन्द्रिय सदस्य अमर झाक्री (सन्जिव), नेकपा केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का (असल), सन्तोषीले वि.क. लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।