Connect with us
Kapilvast Forest

हत्याका आरोपी दासलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाए

२०७८, १२ पुष सोमबारमा प्रकाशित

pakrau fiture

 

रौतहट-रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार एकजना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । कटहरिया १ भसेढवाका सन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बिझाएका हुन् ।

 

सन्दीप यादवको हत्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेका थिए ।

गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी दासलाई गाउँलेहरुले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त्यसपछि लगत्तै सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरीलाई बुझाएको छ ।

 

प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका हत्याका आरोपी दासलाई राति नै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिनु भयो ।

डेढ वर्षअघि आन्तरिक विवादको कारण सन्दीप यादवलाई कुटपिट गरि हत्या गरिएको थियो । हत्यामा संलग्न रहेका केही मानिस यसअघि पनि पक्राउ परेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu