Connect with us
Kapilvast Forest

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

२०७८, ७ माघ शुक्रबारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक

चितवन- सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने छ ।

 

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको छ । सोही ठाउँबाट पहिरो खसेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu