Connect with us
Kapilvast Forest

एमसीसीबारे सुझाव दिन माओवादीले गठन गर्‍यो कार्यदल

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

काठमाडौं – नेकपा(माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिनु भयो । सोही कार्यदलको सुझावका आधारमा परिमार्जनसहित अगाडि बढ्ने कुरामा छलफल हुने उहाँले बताउनु भयो ।

 

‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ’ उहाँले भन्नु भयो , ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुभाव पर्खिने निर्णय भएको छ ।’

साथै शनिबार पेरिसडाँडामा बसेको बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफलसमेत भएको पूर्वसभामुखसमेत रहेका नेता महराले बताउनु भयो ।

बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu