Connect with us
Kapilvast Forest

राज्‍यको खर्च जोगाउन तीनै तहको चुनाव एकैपटक गर्नुपर्छ : माओवादी

२०७८, ८ माघ शनिबारमा प्रकाशित

 

काठमाडौं -नेकपा माओवादी केन्द्रको पूर्व(स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छरु भनेर छलफल भएको भएका बताए।

उनले भने, ‘अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्हरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ। चुनावमा सकेसम्म कम खर्चमा एकैपटक गर्न पाए हुन्थ्यो भन्ने हाम्रो कुरा हो। यो छलफल अझ पनि जारी छ।’

उनले संसदमा विचाराधीन रहेको अमेरिकी परियोजना एमसिसीबारे पार्टीले बनाएको कार्यदलको सुझावको आधारमा अघि बढ्नेसमेत बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu