Connect with us
Kapilvast Forest

गाई चिह्न हटाउन र विधानमा सनातन हिन्दु राष्ट्र नलेख्न राप्रपालाई आयोगको निर्देशन

२०७८, ९ माघ आईतवारमा प्रकाशित

election.jpg

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्था सहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको छ ।

राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । अयोगले भने नेपालको संविधानको धारा दुई सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन आग्रह गरेको छ ।

यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रंग, राष्ट्रिय जनावर, राष्ट्रिय पक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने गएकाे वर्ष नै निर्णय भएको भनदै राप्रपाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आग्रह गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पत्र अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने बताउनुभएको छ । उज्यालो अनलाइनसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आयोगले भन्दैमा आफूहरुले सनातन हिन्दु राज्य र गाई चिह्न नहटाउने बताउनुभयो।

यसैबीच, निर्वाचन आयोगको निर्देशनप्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाउनुभएको छ । ट्वीटमार्फत थापाले आयोगको निर्णय संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको दाबी गर्नुभएको छ । यस्तै आयोगले पठाएको पत्र राप्रपाको वर्तमान नेतृत्वले किन सार्वजनिक गरेन भन्दै प्रश्न पनि गर्नुभएको छ ।

विज्ञप्ति :


 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu