Connect with us
Kapilvast Forest

सार्वजनिक सवारीमा घटेन भीडभाड

२०७८, १३ माघ बिहीबारमा प्रकाशित

 

काठमाडौं- कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ।जोरबिजोर प्रणाली लागू भएपछि सवारी चाप कम भए पनि उपत्यकामा सार्वजनिक सवारी साधनमा भीडभाड भने अझ बढेको छ। जोरबिजोर प्रणाली लागू भएपछि सडकमा सार्वजनिक सवारी साधन कम गुडेका छन्। जसले भीडभाड भने अझ बढाएको गुनासो सर्वसाधारणले गरेका छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै भीडभाड कम गर्न सरकारले अनुरोध गरे पनि सर्वसाधारण कोचाकोच यात्रा गर्न बाध्य छन्।

सरकारले संक्रमण बढ्दै जाँदा अत्यावश्यक काम नपर्दासम्म बाहिर ननिस्कन आग्रह गरेको छ। सार्वजनिक सवारी साधनमा भीड बढ्दै जाँदा सरकारले सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही गरिएको दाबी प्रहरीले गरे पनि त्यो देखिएको छैन।

यसैबीच उपत्यकामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने सवारीलाई कारबाही थालिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक संजिव शर्मा दासका अनुसार नियम उल्लंघन गर्ने उपर कारबाही थालिएको बताउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu