Connect with us
Kapilvast Forest

स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजीअहरुको बैठक बस्दै 

२०७८, १४ माघ शुक्रबारमा प्रकाशित

lockdown-bikashnews.jpg

 

काठमाडौं-काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक शुक्रकार(आज) बस्ने भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागिएको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । बैठक अपरान्ह बस्ने उहाँले बताउनुभयो ।
यसअघि माघ ६ गते बसेको तीनवटै प्रजिअको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उहाँले बताउनुभयो । ‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उहाँले भन्नुभयो । हाल जारी सार्वजनिक यातायातमा जाेरविजाेर प्रणाली प्रभावकारी नभएकाे र यसले सवारी साधनमा झन भीडभाड बढेकाे र यसले जाेखिम समेत बढेकाे यातायात व्यबसायीकाे गुनासाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu