Connect with us
Kapilvast Forest

वर्षाले रौतहटका इँटा व्यवसायी मारमा

२०७८, २२ माघ शनिबारमा प्रकाशित

 

रौतहट – बेमौसमी वर्षाका कारण रौतहटका इँटा व्यवसायीहरू मारमा परेका छन्। वर्षाले ठूलो मूल्‍यको काँचो इँटा नष्ट भएको छ।

बिहीबार रातिदेखि भएको वर्षाका कारण रौतहट जिल्लामा मात्रै २० करोडको काँचो इँटा गलेर नष्ट भएको इँटा व्यवसायी संघका रौतहटका अध्यक्ष विनोद जयसवालले बताए।

काँचो इँटाको बिमा नहुँदा जिल्लाका सबै इँटा व्यवसायी मारमा परेको उनले बताएका छन्। बिमाकै कारण व्यवसायीहरू बर्सेनि करोडौंको नोक्सानी व्यहोरनु परेकोले बिमाको सुविधा माग गरेका छन्।

बिमा माग गर्दा पनि सरकारले नसुन्ने गरेको गुणासो गरे। इँटा तयार गरी भट्टीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा करोडौंको काँचो इँटा गलेर नष्ट भएको हो। जिल्लाभरिमा प्राप्त तथ्यांकअनुसार करोडौं गोटा काँचो इँटा नष्ट भएको उनको भनाइ छ।

एक-दुई दिनभित्रै धेरै इँटा उद्योग बन्द हुने जयसवालको भनाइ रहेको छ। जिल्लामा रहेको कुल १६२ वटा उद्योगमध्ये सञ्‍चालनमा रहेका सबै उद्योगमा काँचो इँटा गलेर नष्ट हुँदा व्यवसायीले करोडौं रुपैयाँको नोक्सानी भएको दाबी गरेका छन्।

जिल्लाको कटहरिया नगरपालिका-६ मा रहेको एएमआर इँटा उद्योगमा मात्रै १० लाखभन्दा बढीको क्षति भएको सञ्चालक अरबिन्दकुमार यादवले जानकारी दिएका छन्।

सरकारले इँटा व्यवसायीहरूलाई बेवास्ता गरेका कारण बर्सेनि करोडौंको क्षति बेहोर्नु परेको यादवले गुनासो गरे। सरकारले यदि काँचो इँटाको बिमा गरिदिएको भए केही राहत हुने थियो।

बिमाकै कारण व्यवसायीहरू बर्सेनि करोडौँको नोक्सान व्यहोरिरहेकाले यादवले पनि बिमाको सुविधा माग गरेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu