Connect with us
Kapilvast Forest

श्रममन्त्री श्रेष्ठद्वारा वैदेशिक रोजगार विभागकाे अनुगमन

२०७८, २३ माघ आईतवारमा प्रकाशित

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ ।

आइतबार काठमाण्डौको बुद्धनगरमा रहेकाे वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिनुभएको हो । आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उहाँले निर्देश गर्नुभयो ।

‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरु आउँदा समयमा उहाँहरुलाई रेस्पोन्स लिइदिनुस् । रेस्पोन्स लिँदा पनि, के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिँदा पनि ५० प्रतिशत उसको घाउमा मल्हम लाग्छ’ विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘सचिवज्यू र म अहिले आएर हेर्दा तपाईंहरुको कर्मचारीबाट सेवाग्राहीले त्याे सेवा नपाएकाे भन्ने हामीले गुनासाे पायाैँ, यसलाई सुधार्नुस् ।’

मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने पनि बताउनुभयो । यस्तै वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरुले छलफल गरी रिपाेर्ट मन्त्रालयमा पेश गर्न पनि मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu