Connect with us
Kapilvast Forest

सहकारीले किसानलाई उत्पादनमुखी बनाउन पर्छ: सांसद केसी

२०७८, २३ माघ आईतवारमा प्रकाशित

 

सीता बेल्बासे,कपिलवस्तु-कृषि सहकारीले किसानलाई उत्पादनमुखि बनाउनेमा जोड दिनु पर्न लुम्बिनि प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले बताउनु भयो । हिमपात सानाकिसान कृषि सहकारी संस्थाले सन्चालन गरेको दुग्धडेरी उद्घाटन कार्यक्रममा आइतबार उक्त कुरा बताउनु भएको हो । सहकारीले अन्य कुरामा लगानी लगाउनु भन्दा कृषि क्षेत्रमा लगानि लगाइ हजारौ किसानलाई आत्म निर्भर हुने कुरामा जोड दिनु पर्न बताउनु भयो ।

प्रदेशसभा सदस्य केसीले कृषि क्षेत्रमा बिभिन्न अनुदान दिने हुदा यस्ता अनुदान कसरी लिन सकिन्छ भन्ने कुरामा लागेर किसान लाभान्वित हुनु पर्न बताउनु भयो ।

शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किसानले कसरी उत्पादनमुखि हुन सकिन्छ भन्ने तिर ध्यान दिनु पर्न बताउनु भयो । नगरपालिकामा आउने बिभिन्न बजेटमा पनि कृषक र पशुपालनमा आउने अनुदान उत्पादनमा आधारित हुने भएकाले यस्ता लाभ लिन किसान आफै उत्पादन तिर लाग्न अनुरोध गर्नु भयो । साथै दुग्धडेरी सन्चालनको शुभकामना दिदै सहकारीले किसानको भावनालाई बुझि काम गर्न आग्रह गर्नूभयो ।

यस्तै शिवराज पशुशाखा प्रमुख धनेस्वर खनाल,व्यापार संघ कपिलबस्तुका बरिष्ठ उध्याक्षय जगत प्रसाद पौडेल, हिमपात सानाकिसान कृषि सहकारी संस्थाका सल्हाकार सदस्य मधु सुदन पोख्ररेल,बिष्नु प्रसाद खतिवडा लगायतले दुग्धडेरी सन्चालको शुभकामना दिदै किसान लाई आत्म निर्भर बनाउन कसरी सकिन्छ भन्ने कुराको जोड दिदै सबै सगं सहकार्य गदै किसानलाई लाभान्वित बनाउनु पर्न जोड दिएका थिए ।

संस्थाका अध्यक्ष शिवराज सुवेदिले सबैको साथ सहयोग सहकार्यको आवश्यक रहेको बताउदै संस्थाले कृषि क्षेत्रमा लगानि लगाउदै आएको हुदा कृषकको मनोभावना साथ दुग्धडेरी सन्चानमा ल्याएको बताउनु भयो ।साथै यहाँको स्थानिय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu