Connect with us
Kapilvast Forest

भाउजूलाई देवरले पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा मृत्यु

२०७८, २३ माघ आईतवारमा प्रकाशित

death

 

 

सप्तरी – सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका(१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

 

राजकुमारीको शरीरको बिभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजकुमारीका ३० वर्षीया पति रबिन कुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu