Connect with us
Kapilvast Forest

एमसीसीबारे एमालेले तत्काल प्रतिक्रिया दिन जरुरी छैन: ज्ञवाली

२०७८, २३ माघ आईतवारमा प्रकाशित

pardip-gyawali.jpg

 

बुटवल — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एमसीसीबारे तत्काल प्रतिक्रिया दिन जरुरी नरहेको बताउनु भएको छ । सरकारले नै के गर्ने भन्ने निर्णय नगरेका बेला एमालेले प्रतिक्रिया दिन आवश्य नठानेको उहाँले बताउनु भयो ।

 

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहाचिव ज्ञवालीले भन्नु भयो , ‘सरकारले आफूखुसी पारित गर्ने नै हो भने बोल्नुको के अर्थ रु नत्र एमालले उपयुक्त समयमा उपयुक्त डिसिजन दिन्छ ।’

 

उपमहासचिव ज्ञवालीले एमालेले एमसीसीको विषयमा संसद्‍मा लगेर छलफल गर्नुपर्ने धारणा राखेको बताउनु भयो । ‘त्यसबेला एमालेले कुरा चपाउँदैन । आफ्नो स्पष्ट धारणा लिखित रुपमै ल्याउने छ।’ उपमहासचिव ज्ञवालीले गठबन्दन सरकारले अमेरिकासँग एमसीसी पारित गर्न ५ महिना समय मागेर जनतालाई एमसीसी जस्ताको तस्तै पारित गर्दैनौं भनेर ढाँटेको भन्दै यसले अनेक आशंका जन्मेको पनि बताउनु भयो ।

अर्को प्रसंगमा नेता ज्ञवालीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन छल्न अनेक बहानाबाजीमा लागेको पनि आरोप लगाउनु भयो । उहाँले कांग्रेस र माओवादी सहितको गठबन्धन सरकार छालाका जुत्ता पानी देखेर डराए जस्तै निर्वाचनबाट भागेको आरोप लगाउनु भयो ।

‘सरकार छालाका जुत्ता पानी देखेर डराए जस्तै निर्वाचनबाट भागेको छ । तर एमाले समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने अडानमा छ,’ उहाँले भन्नु भयो । ज्ञवालीले संविधानले स्थानीय तह रिक्त हुने परिकल्पना नगरेको भन्दै सरकारले जसरी पनि निर्धारित समयअघि नै चुनाव गर्नुपर्ने जिकिर गर्नु भयो ।

 

गठबन्धनप्रति एमालेलाई कुनै टाउको दुखाइ नभएको पनि उहाँको भनाइ थियो । ‘मुलुकको निकास ताजा जनादेशबाट हुन्छ, समयमै स्थानीय तहको चुनाव हुनुपर्छ,’ उहाँले भन्नु भयो , ‘त्यसपछि प्रदेश र संघीय चुनावमा जानुपर्छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu