Connect with us
Kapilvast Forest

म चुनावी गठबन्धनको पक्षमा छैन:शेखर

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

dr-sekhar-koirala-1.jpg

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

 

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राख्नु भएकोे थियो । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताउनु भएको थियो ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उहाँका सहयोगी दिनेश थपलियाले भन्नु भयो । थपलियाका अनुसार प्रचण्डले पटक–पट क चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गर्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu