मतपत्र च्यात्ने सपना नदेखे हुन्छ, हामी बहुमत ल्याउँछौं:ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गर्नु भयो ।शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताउनु भएको छ ।
‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु रु भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उहाँले भन्नु भयो ।ओलीले अघि भन्नु भयो , ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’