Connect with us
Kapilvast Forest

एमसीसी सम्झौता संसदमा पेश गर्नु सभामुखको दायित्व हो : कांग्रेस प्रवक्ता महत

२०७८, २८ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताउनु भएको छ ।नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले संसदमा दर्ता भएको प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने बताउनु भएको छ ।

 

‘सभामुखले सदनमा प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो । सदनमा बुँदागत छलफल हुन्छ । दूधको दूध पानीको पानी छुट्टिन्छ’ उहाँले भन्नु भयो ।

प्रवक्ता महतले पछिल्लो एक वर्षमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई गिजोल्ने काम भएको टिप्पणी गर्नु भयो । ‘अहिले विरोधमा रहेका दल र तिनका नेताको एमसीसीमा सहभागिता, समर्थन रहेको थियो । तर पछिल्लो एक वर्षदेखि एमसीसीलाई गिजोल्ने काम भएको छ । भ्रम फैलाउने गरी प्रचार हुनु दुर्भाग्य हो । यो कुनै देशविरूद्धको परियोजना होइन’ उहाँले भन्नु भयो ।

 

एमसीसीबारेका भ्रमहरू एमसीसीले नै प्रष्ट पारिसकेको भन्दै महतले देश अनुसार अलग अलग नीति बनाउनु नेपालकै लागि घातक हुने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu