मसीसी पास गरौं,शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
काठमाडौं -नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताउनु भएको छ ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताउनु भयो । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उहाँले अघि भन्नु भयो , ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्यो । दुईमध्ये एक हुनसक्छ ।’
आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको उहाँले बताउनु भयो । यत्रो ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताउनु भयो ।