महुली लघुवित्तको ५ हजार कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा
काठमाडौं- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा आएको छ । कम्पनीले विजुली प्रसाद चौधरीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिनुपर्नेछ । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट यो शेयर खरिदको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।