Connect with us

ग्लोबल आइएमई बैंकले खाेल्याे बागलुङको बलेवामा नयाँ शाखा

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

बागलुङ- ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा नयाँ शाखा विस्तार गरेको छ ।

बागलुङकाे बलेवा क्षेत्रलाई लक्षित गरेर बैकले २८९औँ शाखा विस्तार गरेको हो । शाखाको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो । बैककाे शाखामा एटिएम सेवा समेत रहेकाे छ ।सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले देशका विभिन्न सहरी तथा ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले देशका विभिन्न क्षेत्रमा २८९ शाखा, २५४ स्थानमा एटिएम, २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा दिदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu