Connect with us

व्यापार घाटा ११ खर्ब ६० अर्ब

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्बभन्दा बढी पुगेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुन मसान्तसम्म नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ।

यो गत आवको सोही अवधिको तुलनामा गत आवको सोही अवधिको तुलनामा ३४.५० प्रतिशत बढी व्यापारघाटा हो। गत आवको सोही अवधिको तुलनामा आयात व्यापार ३८.६४ प्रतिशतले बढेको छ भने निर्यातको व्यापारमा ८२.९० प्रतिशतको सुधार देखिन्छ।

पछिल्लो समय सरकारले प्रतीतपत्रमा कडाइ गर्दा पनि आयात उकालो लागिरहेको देखिन्छ। विभागका अनुसार आयात भएका वस्तुहरुको सूचीमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ र कच्चा खानेतेल रहेको छ।

चालु आवको ८ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँ बढीको डिजेल, ३९ अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोल र ४३ अर्ब ७४ करोड रुपैयाँ बढीको कच्चा भटमासको तेल आयात भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu