बुहत्तर यौनिकता शिक्षा प्राबिधिक समुहको बैठक
कपिलवस्तु –कपिलवस्तुको तौलिहवामा बुहत्तर यौनिकता शिक्षा प्राबिधिक समुहको बैठक संपन्न गरिएको छ । युएनएफपिएको सहयोगमा सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजना बैठक संपन्न गरिएको हो । बैठकले जिल्लाका ३ पालिकामा रहेका बिदालयहरुमा ५ वटा किशोर किशोरी मैत्री सुचना केन्द्र थप्ने निर्णय गरेको समुहका अध्यक्ष तथा शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बताए ।
कपिलवस्तु नगरपालिको कनकमुनी र यशोधरा माबिमा एक एक वटा, शिवराज नगरपालिको सरस्वती माबिमा एक र अरु एक बिद्यालयका एक तथा सुद्धोदनको पुर्णकेशर माबिमा एक सुचना केन्द्र थप गरिनेछ । यस अघि नै ३ वटा सुचना केन्द्र स्थापना भई सकेको छ । बैठकमा यौनिकता शिक्षालाई कसरी प्रभावकारीरुपमा अघि बढाउने बिषयमा छलफल भएको युएनएफपिएका जिल्ला संयोजक चित्र महतोले बताए ।
यौनिकता शिक्षामा अझै पनि बिद्यालयमा संकोचकारुपमा लिने गरिएकाले किशोर किशोरीलाई त्यस बारे सही शिक्ष दिन जरुरी रहको उनले बताए । बैठकमा सुद्धोदन गाउपालिका र कपिलवस्तु र शिवराज नगरपालिकाका शिक्षा इकाईमा प्रमुख र प्रतिनिधिहरु सहभागी थिए । थानेश्वर अधिकारीको अध्यक्षतामा भएको बैठकमा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष, कपिलवस्तु नगरपालिका शिक्षा ईकाईका प्रमुख हरि प्रसाद ज्ञवाली लगातयको सहभागीता थियो ।