Connect with us
Kapilvast Forest

चुनावमा टिकट भाग नआउला भनेर निराश नहुनुस् : प्रवक्ता महत

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिका ४ हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज बिहीवार आयोजित ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो ।

‘दलबीचको एकता अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘अवस्था अफ्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरूबीच गठबन्धन र तालमेल गर्न लागिएको हो ।’ स्थानीय तहको चुनावमा दलबीच हुने तालमेलले पार्टीबाट उम्मेदवार सङ्ख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकाङ्क्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उहाँको भनाइ छ ।

पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरि समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उहाँले निर्देशन दिनुभयो । देशमा पछिल्लो समयमा बढिरहेको इन्धन र खाद्य सामग्रीको मूल्य वृद्धि नेपालको पहुँचबाहिर अर्थात् अन्तर्राष्ट्रिय प्रभावका कारण भएकाले यसलाई रोक्न स्वदेशी सामग्रीको उपभोग बढाउन उहाँले सुझाव दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu