Connect with us
Kapilvast Forest

लिखु नदीमा डुवेर बालिकाको मृत्यु

२०७९, ३ बैशाख शनिबारमा प्रकाशित

 

ओखलढुङ्गा- लिखु नदिमा डुवेर ओखलढुङ्गाकी एक बालिकाको ज्यान गएको छ । चम्पादेवी गाउँपालिका–२ पलापुका भोजबहादुर मगरको नौ वर्षीया छोरी अञ्जुली मगरको शुक्रबार डुवेर मृत्यु भएको हो ।

शुक्रबार साथिहरु सँग लिखु नदिमा नुहाउने क्रममा डुवेर अञ्जुलीको ज्यान गएको ओखलढुङगा प्रहरीले जनाएको छ ।

लडेर बृद्धाको मृत्यु

सिद्धिचरण नगरपालिका–८ सल्लेरीका ८९ वर्षीय बलराम तामाङ्गको लडेर ज्यान गएको छ । गाउँ नजिकैको चम्पादेवी मन्दीरमा पुजाका लागि जानेक्रमा लडेर तामाङ्गको ज्यान गएको हो । लडेर गम्भीर घाईते भएका तामाङलाई ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रमममा बाटोमै मृत्यु भएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको खनालले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu