शिवराज ४ को अध्यक्षमा एमालेबाट हकिकुल्ला शाहको नाम सिफारीस
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ समाजसेवी हकिकुल्ला शाह सहित ४ जनाको नाम वडा अध्यक्ष पदका लागि सिफारिस भएको छ । नेकपा एमालेबाट उम्मेदवार बन्न उनी सहित चार जनाको नाम सिफारिस गरिएको हो ।
विभिन्न सामाजिक काममा सक्रिय रहेका शाहको आकांक्षाले पार्टी भित्र पनि छलफलको विषय बनेको छ । शाहले टिकट पाए जित्न सक्ने धेरै आधारहरु रहेको स्थानीयहरुको भनाइ छ ।
समाजसेवी शाहसँग करिब डेढ दशकदेखि विभिन्न संघ संस्थामा आबद्ध भइ कार्य गरेका अनुभव छ । सरल स्वभावका उनी सबैसँग मिलनसार शाहले युवाहरुको नेतृत्व गर्दै वडाको विकासको लागि आफूले इच्छा प्रकट गरेको बताउनुभयो ।