Connect with us
Kapilvast Forest

राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धता पत्र आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका हुन् ।

परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने राप्रपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।

 

राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।

यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu