Connect with us
Kapilvast Forest

आफैंलाई गोली हानेकी कपिलवस्तुकी सैनिकको मृत्यु

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

death

 

कपिलवस्तु -आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्। ड्युटीमा रहेको बेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको डीएसपी शाहले जानकारी दिए। बुधबार साँझ ७ बजेतिर घटना भएको थियो। उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ। के कति कारण उनले आफैंलाई गोली हानिन् भन्ने खुलिसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu