Connect with us
Kapilvast Forest

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं-सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

 

स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् ।

खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले गुनासो गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu