Connect with us
Kapilvast Forest

कांग्रेस कपिलवस्तुले टुंगांयो १० वटै पालिकाको उम्मेदवार

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

congress
कपिलवस्तु-कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिए पछि कांग्रेस एक्ले चुनावमा होमिएको हो । १० वटै पालिकामा कांगैस एक्लै चुनाव लडन लागेको हो । कपिलवस्तुको ६ नगरपालिका र ४ गाउपालिकामा लडने उम्मेदवारको नाम टुंगा लागेको हो ।
कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धुभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन ।
यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देबी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन । पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारु यस अघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए । कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यस अघि मेयरमा जितेका उम्मेदवार हुन ।
२०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रबेश गरी मेयरमा उम्मेदवारी दिदै छन । उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम आईतावार नै टुंगोे लागएको थियो । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेबी र बिजयनगर गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।
मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन । यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डयल भने यस अधिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu