Connect with us
Kapilvast Forest

कांग्रेसबाट काठमाण्डौको मेयरमा सिर्जना सिंह निश्चित

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्‍यालीसहित मनोनयन दर्ताको लागि जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ ।

कांग्रेसको महानगर कार्यसमितिले काठमाण्डौको मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इञ्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu