Connect with us
Kapilvast Forest

गुल्मीको रेसुङ्गा र डडेलधुराको गन्यापधुरामा कांग्रेस विजयी

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

काठमाण्डाै – गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ। उहाँले आठ हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकै अमृतादेवी कुवँर आठ हजार ६ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । मेयर उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० र उपमेयरमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याउनुभयो ।

यस्तै, डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले तीन हजार ३८४ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।

उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित हुनुभएको छ। उहाँले तीन हजार १३ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu