Connect with us
Kapilvast Forest

प्रहरीले पत्रकार भण्डारीमाथि गरेको ज्यादतीप्रति युनियनको आपत्ति

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

 

 

कपिलवस्तु -२५६६औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसरमा समाचार संकलन गरिरहेको अवस्थामा पत्रकार गोपाल भण्डारीमाथि भएको अभद्र व्यवाहारप्रति नेपाल प्रेस युनियन कपिलवस्तुले आपत्ति जनाएको छ ।

 

लुम्बिनीबाट सोमबार टेलिभिजनका लागि समाचार प्रत्यक्ष प्रस्तुत गरिरहेको अवस्थामा नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति एवं नेपाल पत्रकार महांसघ लुम्बिनी प्रदेश सदस्य भण्डारीमाथि रुपन्देहीका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले ज्यादती गरेका थिए ।

भण्डारीलाई पौडेलले क्यामरा तानेर धकेलेर क्यामरामा समाचार खिच्न नदिने तथा अभद्र व्यवहार गरकोप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको युनियनका सचिव मणिप्रसाद गैेह्रेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

सुरक्षा संवेदनशीलता र आम नागरिकको सूचना पाउने अधिकारप्रति सचेत रही समाचार दिन अहोरात्र खटिने पत्रकारमाथि प्रहरी प्रशासनबाट भएको यो घटनाले आम पत्रकारीताप्रति अकुंश लगाउने र आमसंचार जगतमा ठेस पुर्याउने कार्य भएको भन्दै युनियनले घोर भर्सना व्यक्त गरेको छ ।

साथै पत्रकारलाई धम्की तथा ज्यादती रोकी आम नागरिकलाई ससूचित गर्न पाउने अधिकारप्रति सजक रही स्वतन्त्र समाचार संकलन गर्ने वातावरण मिलाउन सरकारसँग युनियनले माग गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu