भाेजपुरकाे षडानन्द नगरपालिकाकाे मेयरमा एमालेका उदास विजयी
भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्रकुमार उदास र उपमेयरमा माओवादी केन्द्रकी प्रमिला राई विजयी हुनुभएको छ ।
मेयर पदमा एमालेका उम्मेदवार उदासले ६ हजार सात सय ७२ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका वीरबल राईले पाँच हजार सात सय ५७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी प्रमिला राईले सात हजार दुई सय ५७ मत र उहाँका प्रतिस्पर्धी एमालेका मेरिका राईले चार हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको १४ वटा वडामध्ये एमालेले ६ वटा, कांग्रेसले ६, माओवादी केन्द्रले एक र नेकपा एकीकृत समाजवादीले एउटा वडाको अध्यक्ष पदमा जित हात पारेका छन् ।