Connect with us
Kapilvast Forest

हेटौंडामा एमाले उम्मेदवार पौडेलले स्वीकारे हार, लामालाई दिए बधाई

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गरेका छन् ।करिब चार हजार मत गन्न बाँकी रहेको अवस्थामा उम्मेदवार पौडेलले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामालाई विजयको शुभकामना दिएका छन् ।

 

उपमहानगरपालिकाको मतगणना भइरहेको स्थान सिद्धार्थ माविमा पुगेर एमालेका मेयर उम्मेदवार पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले लामालाई खादा लगाइदिँदै शुभकामना दिए ।

७३ हजार ४१४ मत खसेकामा ६९ हजार ६९६ मत गणना हुँदैमा एमाले उम्मेदवारले लामालाई बधाई दिएका हुन् ।पौडेलले लामालाई जनताको मतको कदर गर्दै काम गर्न सुझाव समेत दिएका छन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ ।लामाले एमाले उम्मेदवार पौडेलसँगको मतान्तर दुई हजार ७७ पुर्‍याएकी छन् । तीन हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ ।लामालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu