Connect with us
Kapilvast Forest

बाणगंगाका नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु,- कपिलवस्तुको बाणगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । निर्वाचित नगर प्रमुख चक्रपाणि अर्याललाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस तेज प्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख अर्यालले उपप्रमुखसहित वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । बाणगंगामा एमाले बाट उम्मेद्वार बनेका चक्रपाणि अर्याल नगर प्रमुखमा र उपप्रमुखमा नेकपा एमालेकै रिता कुमारी थारु निर्वाचित भएका हुन । ११ वटा वडा रहेको बाणगंगामा वडा नम्बर १ बाट नेपाली कांग्रेसका संजु कुमार सारू मगर वडा अध्यक्षमा त्यस्तै वडा सदस्यमा लक्ष्मी बहादुर खत्री, राजकुमार थारु, टोपकला बि.सी, सिता सुनार निर्वाचित भएका छन् ।

वडा न. २ को वडा अध्यक्ष्मा नेकपा एमालेका विष्णु प्रसाद पौडेल, सदस्यहरुमा प्रेम बहादुर रौतार थारु, झिमलाल सापकोटा, शान्ता पाण्डे, सुमित्रा दमै निर्वाचित भएका छन् । वडा नं. ३ को अध्यक्षमा माओवादिका टेक बहादुर झेडी मगर, वडा सदस्यमा बाबुराम आचार्य, सोमनाथ राना, चन्द्रावती चौधरी थारु, गंगा देवी सुनार निर्वाचित भएका छन् । वडा न. ४को वडा अध्यक्षमा ऐमालेका छविलाल रेश्मी मगर सदस्यहरुमा चिन्कु थारु, नन्द किशोर थारु, चन्द्रवति थारु, कुमारी पवित्रा सार्कि निर्वाचित भएका छन् । वडा नं. ५ को अध्यक्षमा नेपाली कांग्रेसका दुनिका प्रसाद भुसाल सदस्यहरुमा ज्ञान बहादुर कार्की, बुध्दु थारु, नैन कुमारी थारु, मिना दर्जी निर्वाचित भएका छन् । वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका करुण टण्डन सदस्यहरुमा गुरु प्रसाद थारु, यम बहादुर प्युठानी, पसपतिया चौधरी, तारा दुतराज निर्वाचित भएका छन् । वडा न. ७ को वडा अध्यक्षमा एमालेका विष्णु गिरी सदस्यहरुमा हरीशंकर पौडेल, मुम बहादुर पाण्डे, सावित्रा थारु, पार्वती सुनार निर्वाचित भएका छन् ।

वडा नं. ८ को अध्यक्षमा एमालेका बाबुराम अर्याल सदस्यहरुमा विश्वास जि.सी., शैलेन्द्र बेल्बासे, जुनादेवी थारु, शारदा परियार निर्वाचित भएका छन् । वडा न. ९ को वडा अध्यक्षमा एमालेका कमल पौडेल सदस्यहरुमा चुरामणि अर्याल, नुमलाल चौधरी, केशरा गुरुङ, गिता कुमारी सुनार निर्वाचित भएका छन् । वडा न. १० को वडा अध्यक्षमा एमालेका यम प्रसाद पोख्रेल सदस्यहरुमा रुपनारायण थारु, राम शंकर थारु, दानु घर्ति, सर्मिला चमार निर्वाचित भएका छन् । वडा न. ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र प्रसाद थारु सदस्यहरुमा जगनारायण थारु, बाजबुल लैन, इमकला खत्री क्षेत्री, सावित्री बि.क. निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीलाई बाणगंगा ४ को पिस हिमालय रिर्सोटको सभाहलमा पदभार ग्रहण गराईएको थियो । सपथ पछि बोल्दौ नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार आफ्नो मुख्य काम भएको बताएका छन् ।

शुक्रबार नगरपालिकामा पदभार ग्रहण गर्नेक्रममा पत्रकारहरुसंगको कुराकानीमा नगर प्रमुख अर्यालले सामुदायिक विद्यालयको पढाई प्रति बारम्बार प्रश्न उठ्ने गरेको भन्दै नगरबासीका छोराछोरी पढाईका लागि अन्यत्र जानुपर्ने स्थितिको अन्त्यका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम गर्ने बताए । साथै उनले आफुले गर्ने प्राथमिकताका क्षेत्रबारे खुलस्त पारेका छन् । नगर प्रमुख अर्यालले भौतिक विकास पनि प्राथमिकताको क्षेत्रमा रहेको बताए ।

भौतिक विकास पनि विकासको प्रमुख आयाम रहेको भन्दै काम हुन नसकेको क्षेत्रमा पूर्वाधार विकास गर्ने जनाए । उनले स्वास्थ्य क्षेत्रलाई पनि प्रमुख प्राथमिकतामा राखेका छन् । न्यून आय भएका जनताको स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर आफुले तत्कालै योजना बनाएर काममा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे । भूमिहिन सुकुम्बासीका समस्या समाधान पनि आफ्नो प्रमुख काम भएको उनले बताए । यसका लागि राष्ट्रिय भूमि आयोगसंग समन्वय गरि काम थाल्ने उनले बताए । नगरमा शुसासन कायम राख्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्ने पनि उल्लेख गरे ।

नगरबासीको अपार मायाले नगरको प्रमुखमा निर्वाचित हुने अवसर मिलेको भन्दै जनमतको सधैं सम्मान गरेर आफु अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए । नगर उपप्रमुखमा रहदा आफुले थुप्रै ज्ञान हासिल गरेको भन्दै अब अगामी दिनमा काम गर्न सजिलो हुने उनले दाबी गरे । नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार शपथसंगै निर्वाचित भएको प्रमाणपत्र पनि बुझेका छन् । साथै उक्त अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको छ । नगरमा सपथ ग्रहण सँगै नव निर्वाचित जन प्रतिनिधिहरुले आ आफ्नो कार्यकक्ष तथा वडाध्यक्षहरुले वडामा पदभार ग्रहण समेत गरेका छन् । वडाध्यक्षहरुले तामझामका साथ वडाहरुमा पदभार ग्रहण गरेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu