Connect with us
Kapilvast Forest

मुसहर समुदायका २४ वर्षीय लालदेव बने वडाध्यक्ष

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

सुनसरी –सुनसरीको सिमावर्ती स्थानीय तह कोशी गाउँपालिमा नेकपा माओवादी (केन्द्र)बाट मुसहर समुदायका युवा उम्मेदवार २४ वर्षीय लालदेव सदा (मुसहर)ले वडा ७ को वडाध्यक्ष पदमा विजयी भएका छन् ।

 

 

यसपटकको निर्वाचनमा निर्वाचित भएका उम्मेदवारमध्ये मुसहर समुदायबाट लालदेव प्रदेश १ कै पहिलो वडाध्यक्ष जनप्रतिनिधि भएको बताइएको छ ।उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई १७० मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनले ६११ मत ल्याउँदा पराजित महतोले ४४१ मत ल्याएका थिए । लालदेवसँगै उनको प्यानल नै वडामा विजयी भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu