Connect with us
Kapilvast Forest

त्रियुगा नगरपालिकामा पुन: मतदान नहुने, आजैदेखि मतगणना गर्ने निर्णय

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

उदयपुर – त्रियुगा नगरपालिकामा पुन: मतगणना नुहने भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणनाको तयारी गर्दैछौं ।’

 

त्रियुगा-१२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुन: मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुन: मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu