Connect with us
Kapilvast Forest

काँग्रेस पनि एमालेजस्तै हुने हो कि भन्ने डर छ : प्रचण्ड

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको काँग्रेसप्रति यस्तो आशंका व्यक्त गरेका हुन् ।

 

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए । उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरेपनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गर्ने गरेको सुनाए । उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताए ।
‘अहिले काँग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले मेहनत गरेरै प्रधानमन्त्री बनायौ ।’

प्रचण्डले आफुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपनि अहंकार चुलिने हो कि भन्ने चिन्ता लागेको बताए । ‘हामीले प्रधानमन्त्री बनायौ, मेहनत गरेरै बनाएको हो । उहाँ अहिले पनि भैराख्नुस् भन्ने छ । हाम्रो अर्थोक केही छैन, गठबन्धनलाई लाने नै भन्ने छ’, प्रचण्डले भने, ‘हामी चिन्तित छौ यतिबेला । फेरि काँग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै काँग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ ।’

उनले अहंकार र दम्भले कहीं नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न आग्रह गरे । उनले अहंकार र दम्भ आए फेरि विद्रोह गर्ने भन्दै त्यस्तो नहोस् भन्ने अपेक्षा गरेको बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu