Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा सुदेश पराजुली

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एकीकृत समाजवादीले पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन भएको हो ।

पराजुली एकीकृत समाजवादीनिकट अनेरास्ववियूका समेत अध्यक्ष हुन् । अध्यक्ष र सदस्यहरुलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

कमिटीका सदस्यमा उत्तर खड्का, नरेश न्यौपाने, प्रकाश शाही, लक्ष्मी क्षेत्री, निश्चिल गुप्ता, मनोज चन्द, हर्क बम, एन्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, सुमनराज पौडे, किरण, पौडेल, निक्शन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, प्रकाश श्रेष्ठ, मुेकश कुँवर, गौरव थापा, सुधिव घिमिरे, शोभा बम, तर्कबहादुर शाही, प्रदिप खनाल, सुरु रिजाल, मनोज शाही लगायत छन् ।

३३ जनाको कमिटी रहेकामा अन्य पदाधिकारी र सदस्य पछि मनोनयन गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu