समाचार यथार्थमूलक हुनुपर्छ: संचार मन्त्री शर्मा
बुटवल- लुम्बिनी प्रदेशका सुचना तथा संचार मन्त्री तिलकराम शर्माले समाचार यथार्थमूलक हुनुपर्ने बताएका छन् । सामाजिक संजालमा अहिले नकारात्मक समाचार आउने गरेको बताउँदै उनले त्यसतर्फ सचेत रहदंैं समाचार यथार्थमूलक हुनुपर्नेमा जोड दिए । आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति र राष्ट्रिय दलित पत्रकार संघ प्रदेशको समन्वयमा सुरु भएको ४ दिने विकास पत्रकारिता तालिमको औपचारिक उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ढिलो भए पनि समाचार सत्य, तथ्य र विश्वासनीय आउनुपर्ने र त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रकृतिको हुनुपर्ने उनको भनाई छ । संघीयता आएपछि नागरिकले नजिकबाट विकास निर्माणका कार्यसंगै सेवा प्रवाहको अनुभूति गर्ने अवसर सिर्जना भएको उनले बताए । समाचार अध्ययन र अनुसन्धानमूलक हुनुपर्ने बताउदैं उनले प्रदेश सरकारले पत्रकारिता जगतसंग समन्वय गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।