लुम्बिनी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधि बुटवलमा ,स्थानिय सरकार संचालन सम्बन्धि तालिम लिदै
बुटवल – लुम्बिनी प्रदेशका १ सय ९ स्थानिय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्थानिय सरकार संचालन तथा विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरण, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश कार्यालयको ब्यवस्थापनमा सोमबारदेखि २ दिने तालिम आजबाट शुरु भएको हो।
अभिमुहिकरण कार्यक्रमको संघीय मन्त्रिपरिषदका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उदघाटन गर्नुभयाे। उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै सबै प्रदेशमा एकरुपता ल्याउने गरि श्रोत सामग्री तयार गरि तालिम संचालन गरिएको बताउनुभयाे। संवैधानिक ब्यवस्था, सहकारी संघियता लगायतको बारेमा धेरै जानकारी तालिमबाट हुने उहाँले बताउनुभयाे।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले संघियता कार्यान्वयनमा ३ तहको सरकारको समन्वय हुन पर्ने बताउनुभयाे ।
१०९ पालिकाबाट उपस्थित प्रमुख र उपप्रमुखहरुलाई ४ वटा समुहमा बिभिजन गरि तालिम प्रदान गरिने प्रदेश प्रशिक्षण प्रतिस्थानले जनाएको छ ।