Connect with us
Kapilvast Forest

छैन आँपको भण्डारण

२०७९, १५ असार बुधबारमा प्रकाशित

आँप उत्पादनको मुख्य आधार क्षेत्र मधेश प्रदेशका जिल्लाहरू नै हुन् । वर्षमा एक पटक मात्र फल्ने आँप विभिन्न परिकार बनाएर वर्षभरि खान सकिन्छ तर यसको उचित उपयोगको लागि उद्योग, कलकारखाना, भण्डारणको व्यवस्थापन नहुँदा याममै सिद्धिने गरेको छ ।

आँपको भण्डारण गरी विभिन्न परिकार बनाउन त्यस प्रकारको उद्योग, कारखाना सञ्चालनतर्फ मधेश प्रदेशमा पहल भएको छैन । आँपको अचार, अमोठ, खटाई (अमिलो), जुस, खिर, लस्सी, स्मोथी, धुलो, काँचो आँपको खट्टा जुस, काँचो र पाकेको आँपको मिक्स खट्टा मिठा जुस, आँप एभोकाडो सेलरी मिक्स जुस, फ्रोजन रम र जुस, स्पाइसी म्याङ्गो सन्डी, म्याङ्गो पिच लस्सी, म्याङगो किवी लस्सी, म्याङ्गो चिल आइस, म्याङ्गो लाइम कर्ड, म्याङ्गो बेरी स्मोथी, डेजर्ट म्याङ्गो कुलर कोकोनट म्याङ्गो पाइन यपल सोर्बेटलगायतका सयौँ प्रकारका सलाद तथा ड्रेसिङ बनाएर प्रयोग गर्न सकिने जानकार बताउँछन् ।

त्यस्तै म्याङ्गो मुुसे, म्याङ्गो मुसटार्ट, म्याङ्गो आइस क्रिम, म्याङ्गो डुनोट, म्याङ्गो मिसो, म्याङ्गो चीज चक्लेट, इन्डो स्विस फेन्टासी, म्याङ्गो फिग, नेपोली तानो म्याङ्गो, आम खिरको सङ्गम, म्याङ्गो लियर केक, म्याङ्गो चिज केकक्रिमी म्याङ्गो फलान, म्याङ्गो कोकोनट ब्रेड, म्याङ्गो लेमन बार, म्याङ्गो जिन्जर मिन्ट पोप्सीक्ली, म्याङ्गो पाइ, म्याङ्गो मोची रोल जस्ता आँपको डेजर्टस तथा स्विट पनि पर्याप्त मात्रामा बनाउन सकिन्छ ।

उत्पादनको अवस्था 

मधेश प्रदेशमा गत वर्षको भन्दा यस वर्ष ६४ हजार मेट्रिक टन बढी आँप उत्पादन हुने अनुमान छ । यस वर्ष तीन लाख २० हजार मेट्रिक टन आँप उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जनकपुरधामले जनाएको छ । प्रदेशको आठ जिल्लामध्ये सबैभन्दा बढी सप्तरी र सिरहामा आँप खेतीको क्षेत्रफल रहेको र उत्पादन पनि बढी हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जनकपुरधामका प्रमुख वरिष्ठ कृषि अधिकृत युगलकिशोर तिवारीले जानकारी दिनुभयो । “आँप अल्टरनेटिभ इयर (अन इयर, अफ इयर) अर्थात् एक वर्ष बिराएर उत्पादन हुन्छ । यस वर्ष आँपको अन इयर अर्थात् उत्पादनको वर्ष हो,” उहाँले भन्नुभयो ।

आँप बिक्री गर्ने बजार व्यवस्थापन निकै फितलो देखिएको छ । किसानले आफू अनुकूूल पायक पर्ने राजमार्गको छेउछाउको ठाउँमा ढाकी, ट्याक्टर, कार्टुनमा राखेर आँप बेच्ने गरेका छन् । धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, लहान, रूपनीलगायतका स्थानमा साप्ताहिक बजारको लागि बनाइएको सेडमा आँपको व्यापार भइरहेको छ । ती सेड आँप व्यवसायको लागि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जनकपुरधामका प्रमुख वरिष्ठ कृषि अधिकृत युगलकिशोर तिवारीले दाबी गर्नुभयो । मधेशमा उत्पादन भएका आँप काठमाडाँै, पोखरा, हेटौडासहित मुख्य सहर तथा मलेसियासम्म पठाउने गरेको व्यापारीको भनाइ छ ।

रासायनले पकाएका आँप छ्यापछ्याप्ती

यतिबेला आँप पाक्ने सिजन सुरु नहुँदै कार्बाइड हालेको आँप बजारमा देखिएको छ । शरीरलाई हानी पु-याउने काँचो आँप तोडेर रसायन हालेर पकाएर बेच्न गरेको छ । क्याल्सियम कार्बाइड रसायन प्रयोग गरेर पकाइएको आँप खाँदा मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मस्तिष्कमा समेत असर पु¥याउने चिकित्सकको कथन छ । यस्तो आँप फलफूल खाँदा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निद्रा लाग्ने, मनस्थिति फेरिने, मानसिक द्विविधा हुने लक्षण देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu