पाल्पा- पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।
गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।